प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा गाँजा सहित ५ जना पक्राउ

२०७८ चैत्र २७, आईतबार १३:१९ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६ बाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका–११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ् रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.८ ख ८१०६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।