प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सी आशा फाउण्डेसनका बालबालिकाको कान परीक्षण

२०८१ मंसिर १५, शनिबार २०:२६ बजे

हेटौंडा – हेटौंडा–७ हरियालीचोकस्थित सी आशा फाउण्डेसनका बालबालिका र अभिभावकको कान परीक्षण शिबिर शुक्रबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरको आयोजनामा विद्यालयमा अध्ययन गर्ने बालबालिकाको कान परीक्षण शिबिर संचालन भएको हो ।

किवानिज क्लब मकवानपुरका वर्ष २०२४/२५ का अध्यक्ष पवन खड्काको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै किवानिज क्लव नेपालका निवर्तमान गभर्नर तीर्थकुमार सिंहले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा सन २०१५ देखि नेपालमा सक्रिय रहेको यो संस्थाले १८ वर्ष मुनीका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्वविकास लगायतका क्षेत्रमा सघाउने बताए । मानिसका लागि आँखा, कान, मुटु जस्ता महत्वपूर्ण अंगको अवस्थाबारे समयमै जानकारी लिन सके भबिश्यमा ठूलो नोक्सानी हुनबाट जोगिाउने बताउँदै सिंहले भने–‘यस्तो शिबिर दुर्गम क्षेत्रका बालबालिकालक्षित गरी संचालन गर्नु जरुरी छ ।’

कार्यक्रममा किवानिज नेपालका भाइस गभर्नर रामहरि सुबेदी, किवानिज नेपालका सचिव शिबबहादुर काफ्ले, किवानिज चाइल्ड फण्ड चियरपर्सन गोपीमान श्रेष्ठ, डिभिजन ३ का साउथ एलटी गभर्नर डा. लअनुपमा श्रेष्ठले यस्ता शिबिरले बालबालिकालाई स्वस्थ्य रहन सहयोग पु¥याउने बताए । हेटौंडा उपमहानगरपालिका वार्ड नं. २ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनले बालबालिकालाई आफ्नो कान कमजोर छ भन्ने कुरा थाहा नहुने भएकोले शिबिर आवश्यक रहेको बताए । उनले बालबालिकाको आँखा, कान जस्ता अंगको परीक्षण गर्ने शिबिरको आयोजना गरी विद्यालयले पुण्यको काम गरेको बताए । शिबिरलाई मकवानपुर सहकारी अस्पतालका इएनटी बिशेषज्ञ डा. इन्क्लव ढुंगानाको टोलीले परीक्षण गरेको थियो ।

नेपालगंजस्थित आइडियल फर्मासिटिकल्स प्रालिले औषधि सौजन्य गरेको किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीले जानकारी दिए । किवानिज क्लब मकवानपुरका कोषाध्यक्ष ईश्वर रिजालले सहजीकरण गरेको कार्यक्रममा किवानिज क्लव हेटौंडाका अध्यक्ष गंगाप्रसाद पौडेल, किवानिज क्लब मकवानपुरका उपाध्यक्ष भानुभक्त आचार्य, सचिव भीमप्रसाद फुँयाल (दिनेश), केसीएफ चियरपर्संन रामचन्द्र बर्तौला, पीआर मार्केटिङ रीता पराजुली, मकवानपुर सहकारी अस्पतालका प्रशासन प्रमुख रामचन्द्र रेग्मी, सी आशा फाउण्डेसनका शैक्षिक संयोजक शान्ति चौलागाईलगायतको उपस्थिति रहेको थियो । शिबिरमा कान परीक्षण गरिएका बालबालिका तथा अभिभावकलाई निःशुल्क औषधि बितरण गरिएको थियो ।