हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १ खाखलडामा भिरबाट लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २५ बर्षीय तारा रुम्बा रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार तारा रुम्बा आफ्नै घरबाट करिब २०० मिटर पूर्वतर्फ रहेको जंगलमा घाँस काट्ने क्रममा अचानक २०(२५ फिट तल भिरबाट लडिन्। घटनाका कारण उनको टाउकोमा गहिरो चोट लागेको छ।
घटनापछि उनलाई तुरुन्तै स्थानीयहरूले उद्धार गरी हेटौंडा अस्पतालमा गम्भीर अवस्थामा उपचारका लागि पुर्याइएको हो। अस्पताल स्रोतले उनको स्वास्थ्य अवस्था नाजुक रहेको र विशेष उपचारको तयारी भइरहेको जानकारी दिएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।