प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा बसपार्कबाट एक युवक पक्राउ

२०८० माघ २२, सोमबार ०८:३० बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला लक्ष्मिपुर बस्ने आरके यादव रहेका छन् ।

शनिबार वीरगञ्ज तर्फबाट नारायणगढ तर्फ जाँदै गरेको ना. ७ ख ३५०९ नम्बरको बसलाई रोकेर चेकजाचँ गर्ने क्रममा उक्त बसमा सवार यादवको शरीरमा टेपले टाँसी ल्याएको ६० पिस ओनरेक्स लागुऔषध फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

लागुऔषध सहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।