प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सप्तकोसीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

२०८० भाद्र ९, शनिबार ०२:२० बजे

काठमाडौं – सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि यस वर्ष दोस्रो पटक कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। 

शुक्रवार साँझबाटै ५६ ढोका खोलिएको हो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो ।

राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएकोमा शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले जानकारी दिए ।

यसअघि गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको थियो । पहिलो पटक १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानीको मापन गरिएको थियो ।