हेटौंडा – झापाको शिवसताक्षी नगरपालिका १ कमलपुमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
ईटहरीबाट काकडभिट्टा तर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट आउँदै गरेको फलामको रड बोकेको ना ५ ख ८३११ नम्बको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनमा ८३११ नम्बरका ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र सोही ट्रकमा सवार हाल नाम थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरुलाई दमक अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । आज बिहान साढे ५ बजे भएको सवारी दुर्घटनमा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।