प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नारी शक्तिको जागरण गराउने भन्दै ५ करोड ठगी, धर्म गुरु काफ्ले पक्राउ

२०८० असार १२, मंगलबार १२:२४ बजे

हेटौंडा – नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा धर्म गुरु पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्ले रहेका छन् ।

काफ्लेले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितहरुलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक-पटक थप लगानी गर्न दवाव दिने र लगानी नगरे परिबारको सदस्यलाई मारी दिने जस्ता धम्कि दिए्को उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।