प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

सम्पर्कविहीन विमान मुस्ताङमा दुर्घटना भएको पुष्टि, को–को परे विमान दुर्घटनामा (नामावली सहित)

२०७९ जेठ १५, आईतबार ०७:५१ बजे

काठमाडौं – तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङमा दुर्घटना भएको पुष्टि भएको छ । मुस्ताङको घाँसास्थित टिटीभन्ने स्थानमा दुर्घटना ग्रस्त भएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँमा ठूलो आवाज सुनिएको वायुसेवा सञ्चालक संघलाई स्थानीय वासिन्दाले जानकारी दिएको जनाईएको छ । लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको तर जान नसकिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक सवार थिए । क्याप्टेन प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा पोखराबाट जोमसोमका लागि यो जहाज बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो।

जहाज मुस्ताङको लेते क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले लेते क्षेत्रमै जहाज बेपत्ता भए पनि अहिलेसम्म अवस्था नखुलेको बताए।
हराइरहेको विमानमा सवार यात्रु
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाया तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमाः क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा

एपिवान टेलिभिजनको सहयोगमा 

तस्बिरः गुगलबाट लिइएको