प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

करणी अभियोगमा छबिलाल पक्राउ

२०७९ माघ ७, शनिबार १२:२८ बजे

हेटौंडा – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको उजुरी परेको थियो । आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।