प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

करेन्ट लागेर एक युवकको मृत्यु

२०८० फाल्गुन १, मंगलबार २०:५४ बजे

काठमाडौं – नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बेलकोटगढी नगरपालिका–५, केउरेनीका २४ वर्षीय प्रदिप राईको मृत्यु भएको हो। सोमबार कुखुरालाई दानापानी दिने क्रममा खोरमा रहेको बिजुलीको तारमा छोइदा राई घाइते भएका थिए।

उपचारका लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।