प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रीलंकालाई हराउँदै भारत बन्यो एसिया कपको च्याम्पियन

२०८० भाद्र ३१, आईतबार १३:०४ बजे

काठमाडौं – भारतले श्रीलंकालाई १० विकेटले हराउँदै एसिया कपको उपाधि जितेको छ। श्रीलंकाले दिएको ५१ रनको लक्ष्य ६.१ ओभरमा पूरा गर्दै भारत एसिया कपको विजेता बनेको हो। यससंगै भार आठौं पटक च्याम्पियन बनेको छ ।

भारतका लागि शुभम गिलले २७ र इशान किसनले २३ रन बनाएर भारतलाई जित दिलाए। यसअघि कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भएको थियो ।

छ पटकको विजेता श्रीलंकाको ब्याट धरासायी बनाउँदै भारतका मोहम्मद सिराज नायक बने। ७ ओभर बलिङ गरेका उनले ६ विकेट लिए। त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए।

सिराजले चौथो ओभरमा ५ विकेट लिएका थिए।श्रीलंकाले पावर प्लेइङको छैटौं ओभरमै ६ विकेट गुमाएको थियो। छैटौं ओभरको समाप्तिमा उसले १३ रन बनाएर ६ विकेट गुमाएको थियो।

श्रीलंकाका कुशल परेरा, सदीरा, चारिथ अशलंका र दसुन शनाका शून्य रनमै आउट भए। श्रीलंकाका लागि कुशल मेन्दासले सर्वाधिक १७ रन बनाएङ्का थिए। दसन हेमन्थाले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।