काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारी (साम्बा)ले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् । इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानाबाट खेल्ने भएकी हुन् ।
क्लब हापोएल रानानासँग सावित्राले आगामी सिजनमा लागि सम्झौता गरेकी छिन् । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको पक्का गरेको छ ।
इजरायल एसियाली भूमिमा पर्दछ । तर इजरायल युरोपेली महादेशको फुटबल महासंघमा आवद्ध छ । भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा थप चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् ।
नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन् ।उनी घरेलु लिगमा भने सशस्त्र प्रहरी बल एपिएफबाट खेल्दै आएकी थिइन् ।