हेटौंडा – मकवानपुरमा जुवा खेलिरहेको अवस्थामा ३४ जनालाई नगद ७३ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरबाट बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ३४ जनालाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार च्याखे थाप्ने, हेर्ने ३३ जना पुरुष र प्रहरी संग अभद्र ब्यबहार गर्ने १ जना महिला सहित ३४ जना लाई नियन्त्रणमा लिएको हो । जुवा खेलिरहेको स्थानबाट कौडा १३ थान, तास १३ बुक, नगद ७३ हजार बरामद गरिएको उनले बताए ।
जुवाखालबाट पक्राउ परेका ३४ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको बताईएको छ ।