मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ६ स्थित प्रतापुर लच्कामा सावेल प्रहार गरी एक जनाको हत्या भएको छ । अमर बहादुर लोप्चन (३४ वर्ष) ले आफ्नै घरमा सुतेका जित बहादुर मोक्तान (५० वर्ष) माथि सावेलले प्रहार गरी गम्भीर घाइते भएका थिए।
घटनापछि घाइते मोक्तानलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन लगिएको थियो। उपचारको क्रममा उनको आमा निश्रीमाया मोक्तानको निगरानीमा रहेपनि, टाउको र दुबै खुट्टामा गम्भीर चोटका कारण उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
प्रहरीका अनुसार, अमर बहादुर लोक्तान र जित बहादुर मोक्तान सामान्यतया सँगै मजदुरी गर्दै आएका थिए र प्रायः लोप्चनको घरमा सुत्ने गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने शव भरतपुर सरकारी अस्पतालमा राखिएको छ।