हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ तीनपाप्केमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एकैपरिवारका ५ सहित ६ जना घाइते भएका छन् ।
बुधबार हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्र.०३–००२प ९१२३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना १ ह ९७०५ नम्बरको अटो एक–आपसमा ठोक्किँएको हो । अटोमा एकैपरिवारका पाँच जना सवार थिए ।
दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका–४ हाड खोला मसिने बस्ने ४३ वर्षीय तिर्थ राज केसी, अटो चालक सोही स्थान बस्ने ३५ वर्षीय टंक बहादुर राक्से, उनका भाई २७ वर्षीय बिजय कुमार राक्से, बुवा ५५/६० को जित बहादुर राक्से, श्रिमती ३३ वर्षीय शर्मिला राक्से र छोरा १० वर्षीय सक्सेस राक्से रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एव डिएसपी टेक बहादुर कार्कीले बताए ।
घाइते भएकाहरुको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता कार्कीले बताए ।