प्रहर खबर
 २०८१ बैशाख २१, शुक्रबार    

हेटौंडामा एक पुरुष मृत भेटिए

२०८० माघ १, सोमबार १३:३७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ मा एक पुरुष मृत भेटिएका छन् ।

आइतबार संगमचोकस्थित रहेको मानिस नबस्ने पुरानो घरमा हेटौंडा उपमहानगरपालिका वडा नं.५ सानोपोखरा बस्ने ४५ बर्षीय राजु गुरुङ सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।