मोरङ – मोरङको रंगेली नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा रंगेलीको मेयरमा एमालेका निवर्तमान मेयर दीलीप अग्रवाल (बगडिया) र उपमेयरमा भुमाकुमारी पराजुली विजयी भएका हुन् ।
मेयरमा अग्रवालले गठबन्धनबाट कांग्रेसका मोदराज घिमिरेलाई ३ हजार ८ सय मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । अग्रवालले १२ हजार ८ सय ६१ मत ल्याउँदा घिमिरेले ९ हजार ६१ मत पाए ।
त्यसैगरी उपमेयरमा एमालेकै भुमा पराजुलीले ११ हजार ७ सय ९० मत ल्याउँदा गठबन्धनका पन्नालाल मण्डलले ५ हजार १ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले जानकारी दिए ।
रंगेलीमा नगरमा जनता समाजवादी पार्टीका एक जना वडा सदस्यबाहेक सबै वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।