प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मतपत्र छपाइ शुरू

२०७८ चैत्र १८, शुक्रबार ०१:२३ बजे

काठमाडौं – स्थानीय तह निर्वाचन, २०७९ को मतपत्र छपाइ शुरू भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार नै नमुना मतपत्र छपाइ सकिने र शुक्रबारदेखि मतदानमा प्रयोग हुने मतपत्र छाप्न सुरु हुने जानकारी दिए ।

मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिने नमुना मतपत्र बिहीबारसम्म एक लाख ८० हजारप्रति छापिनेछ । आयोगले २०७९ वैशाख ३० गते हुने मतदानका लागि जगेडासहित करिब दुई करोड मतपत्र छाप्ने जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।