काठमाडौं – दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । बैतडी सुर्नया गाउँपालिका–८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी हुन् ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार उनको रुखमा झुण्डिएको अवस्थामा कंकाल फेला परेको हो । उनी असोज २५ गतेदेखि बेपत्ता भएकी थिइन् । उनले लगाएका कपडाबाट मृतकका परिवारले पहिचान गरेको उनले बताए ।
मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।