प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा १५ बाट एक युवक पक्राउ

२०८० फाल्गुन १८, शुक्रबार ०९:२५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम लालिगुराश नगरपालिका वडा नं.२ बस्ने बर्ष २५ को चरन राई रहेका छन् ।

पुर्व–पश्चिम सडकखण्डमा चेकिङ टोलीले धरानबाट काठमाडौं तर्फ जादै गरेको प्र.१–०१–००१ ख ४१५२ नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नाईट्रोभेट २ फाईल २० ट्याब्लेट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

लागुऔषध सहित राईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।