हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ प्रतापुरस्थित एक स्थानीयको गोठमा बाघ मृत अवस्थामा फेला परेको छ भने भैसी घाइते अवस्थामा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहिबार बिहान ३ः१५ बजेको समयमा स्थानीय बल बहादुर राईको गोठमा बाघको आक्रमणबाट घाइते भएको एक भैसी र सोही गोठमा एक बाघ मृत अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली र पर्सा बन्यजन्तु आरक्षण शुरक्षार्थ खटीएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोलीले हेर्दा बुझ्दा बाघ बुढो रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा भैसीले हान्दा बाघको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उक्त एरिया चितवन राष्ट्रिय निकुन्जको रहेको छ । चितवन राष्ट्रिय निकुन्ज शुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटीएको नेपाली सेनाको टोलीले उक्त मृत बाघ लिएर गएको प्रहरीले जनाएको छ । सांकेतिक तस्बीर