हेटौंडा – एक थान पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई मेड इन यूएसए लेखिएको एक थान पेस्तोल, एक राउण्ड गोली, म्याग्जिन र एक थान डिजिटल तराजुसहित सहित शक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।