प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

२०८२ असार २५, बुधबार १५:०६ बजे

बारा ।  यहाँका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । 

कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिनुभएको हो । 

किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा  बिक्री गरिरहेका छन् । गत वर्ष  प्रतिक्विन्टल रु तीन हजारको दरले बिक्री वितरण भएको थियो । a

उहाँका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार  हेक्टर क्षेत्रफलमा खेती गरेको बताउनुभयो ।  

गत कृषकहरु १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताउनुभयो । रासस