प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर एक जनाको मृत्यु

२०८० जेठ २८, आईतबार ०२:५३ बजे

हेटौंडा – नुवाकोट तादी गाउँपालिका-४, सातबिसेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २१ वर्षीय सुमन तामाङ रहेका छन् ।

प्रहरीका अनुसार सातबिसेबजार स्थित निर्माण हुँदै गरेको शिव मन्दिरमा बिजुली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर तामाङ र १८ वर्षीय सरोज मिजार घाइते भएका थिए ।

स्थानिय दुप्चेश्वर नेपाल अस्पताल सातबिसे ल्याईएकोमा उपचारको क्रममा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।