प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

शौचालयमा लडेर एक महिलाको मृत्यु

२०८० श्रावण ३१, बुधबार ०३:०३ बजे

हेटौंडा – शौचालयमा लडेर चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं.२९ दासढुङ्गाकी ७५ बर्षीया धनमाया गुरुङ रहेकी छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार मंगलबार दिउँसो गुरुङ आफ्नै घरको शौचालयमा लडेर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा भतरपुर सरकारी अस्पतालमा साँझ साँढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।