प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

वडाध्यक्ष तिलकरामको निधन

२०८१ आश्विन ९, बुधबार ०९:२३ बजे

हेटौंडा – भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीका अनुसार मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा यादवको मंगलबार साँझ निधन भएको अध्यक्ष चौधरीले जानकारी दिए।

६८ वर्षीय यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए। यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको छ।