हेटौंडा – टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका ७ खानिगाउँमा सोमबार साँझ बा ५ ख ३११७ नम्बरको टिपरको ठक्करबाट स्थानीय ७० वर्षीय लाल बहादुर बि.क. को घटनास्थलमै मृत्यु भएको छ ।
गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको टिपरले पैदलयात्री बृद्धलाई सोमबार साँझ ५ बजे ठक्कर दिएको हो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।