काठमाडौं – झापाको दमकमा साथी साथीबीच ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको थियो । सोही क्रममा दमक नगरपालिका–७ बस्ने २५ वर्षीय सनम राईले छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गर्दा लिम्बू गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो । छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएका छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।