प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रुसी सेनामा भर्ती हुन पुगेका नेपाली उद्धारको लागि भारतसंग हात जोड्दै(भिडियो सहित)

२०८० फाल्गुन २८, सोमबार १०:०९ बजे

हेटौंडा – रसिया-युक्रेन युद्धमा कति नेपाली होमिन पुगे, कति मरे, कति जिवित छन्, आधिकारीक तथ्याङ्क छैन । युद्धमा मृत्युलाई नजिकबाट नियालेका नेपालीहरु भने उद्धारको भीक सामाजिक सञ्जाल भरिएका छन् ।

रुस–युक्रेन युद्धमा लडेर भागेर नेपाल आएकाहरुको भनाईलाई आधार मान्ने हो भने केही नेपालीको शव रुसी माटोमा विलिन भईसके । निकम्मा सरकार टन्टलापुर घाममा लाटो कोसेरो झै सुतेर बस्यो । अहिलेसम्म एक जना नेपालीको पनि उद्धार गर्न सकेको छैन ।

आफ्नो ज्यानको माया कसलाई हुँदैन र ? आफ्नो देशको सरकारले उद्धार गर्दैन भन्ने आश मरेपछि एक नेपालीले छिमेकी देश भारतसंग नेपालीहरुको उद्धारको लागि हार गुहार गरेका छन् ।

भारतिय पत्रकार सालु यादवको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक नेपाली युवाले आफुसंगै रुसीमा आएको भारतिय साथीलाई आफ्नो देशले उद्धार गरेको बताएका छन् । तर नेपाल सरकारले आफुहरुलाई उद्धार नगरेको भन्दै भारत सरकारसंग हामी पनि तपाईहरुको छिमेकी हौँ नेपालीहरुको पनि उद्धार गर्न आग्रह गरेका छन् ।

भारतिय सञ्चारमाध्यका अनुसार भिडियोमा देखिएका चारजनाले आफुलाई सञ्जय, राम, सन्तोष र कुमार श्रेष्ठ रहेको बताएका छन् । ‘जब हामी यहाँ आएका थियौं, हामीलाई युद्धमा लड्न अग्रपंक्तिमा जान भनिएको थियो। हामीले यहाँ धेरै समस्याहरू सामना गरिरहेका छौं। हामीसँगै रहेका भारतीय दाजुभाइलाई सरकारले उद्धार गरिरहेको छ,’ भिडियोमा एक युवकले भनेका छन् । 

उनले नेपाल सरकार र दूतावासले सहयोग नगरेको भन्दै अहिले भारत सरकारसँग सहयोगको अपिल गर्न बाध्य भएको बताए । “म छिमेकी देश भारतसंग सहयोग माग्न चाहान्छु । हामीलाई भारत सरकारबाट ठूलो आशा छ कि हामीलाई निराश गर्नेछैन। नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । हामी भारत शक्तिशाली भएकाले सहयोग माग्न चाहन्छौँ । नेपाल सरकारले हामीलाई सहयोग गर्न सकेको छैन ’ ती युवकले भने । 

“यहाँ जति नेपाली छन् । नेपाल जान चाहान्छन् । हामीसंग ३० नेपाली आएका थिए अहिले हामी ५ जना मात्रै सकुशल छौँ,” भिडियोको अन्त्यमा ती युवाले दुई हात जोडेर भावुक हुँदै भारत सरकारलाई आग्रह गर्दै भने, “सक्नु हुन्छ भने उद्धार गर्नुस्, हामी भारतसंग मद्दत माग्न चाहान्छौँ नमस्ते ।”

 भिडियो