प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

२०७९ पौष १७, आईतबार ०२:५२ बजे

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य पूर्णरूपमा सम्पन्न भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपछि आजदेखि विमानस्थल सञ्चालनमा आउने भएको हो ।

विमानस्थल आजदेखि सञ्चालनमा आएपनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा चल्ने छ । २०० हेक्टर क्षेत्रफलमा फैलिएको यो विमानस्थल चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै, विमानस्थलमा २ हजार ५०० मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग छ ।

यससँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको हो ।