प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फोहोर पानीको तालमा डुबेर बालकको मृत्यु

२०८० चैत्र २९, बिहीबार १९:४५ बजे

काठमाडौं – रुकुम पश्चिममा पानीको तालमा डुबेका एक बालकको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका एक बालकको मृत्यु भएको हो। चौरजहारी नगरपालिका–३ स्थित सानीभेरीमा डुबेर एक युवा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार बुधबार छिनखेतको स्थानीयको घर पछाडि रहेको फोहोर पानी जम्मा हुने तालमा डुबेका दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका ५ का अन्दाजी ५ वर्षीय बालक हिमेश थापाको उपचारको क्रममा मृत्यु भएको हो।

फाहोर पानीको तालम परेर गम्भीर घाइते भएका बालक थापालाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको र अस्पतालले मृत घोषणा गरेको हो। बालकको शव पोष्टमार्टमपछि आफन्तले अस्पतालबाट बुझेका छन्।