प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

फ्रि भिसा, फ्रि टिकटको प्रलोभन देखाउने पूर्वमन्त्री श्रेष्ठसँग आयोगले माग्यो स्पष्टीकरण

२०७९ कार्तिक ३, बिहीबार ०५:३७ बजे

हेटौंडा – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । श्रेष्ठले फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने प्रलोभन देखाए आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको आयोगले जनाएको छ ।

फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिन ठाइदिने भन्दै प्रलोभन देखाएको उक्त भिडियो प्राप्त भएपछि आयोगले श्रेष्ठलाई आफ्नो उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालय वा आयोगमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको छ . बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको आयोगले जनाएको छ ।