प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तस्बीरमा हेर्नुहोस ३ नम्बर पुलमा भएको दुर्घटना

२०८० पौष ४, बुधबार ११:२१ बजे

हेटौंडा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ स्थित ३ नम्बरपुलमा बस र ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । ती मध्य ७ जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटार बस्ने २८ बर्षीय पुर्ण गुरूङ, बस चालक हेटौंडा उपमहानगरपालिका–३ बस्ने ४० बर्षीय हरि शम्सेर सुयाल थापा र नाम, थर वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरूष ब्यक्ति रहेका छन् । गम्भीर घाइते भएका ५ जनाको हेटौंडा अस्पताल र २ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ भने २० जनाको कार्की मेडिक्ल अमलेखगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बारा प्रहरीका अनुसार काकडभिट्टाबाट काठमाण्डौ तर्फ जादै गरेको बा.३–००१ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान २ बजेको समयमा एकआपसमा ठोक्किएको थियो । एकआपसमा ठोक्किँदा बस र ट्रक अगाडीको भाग पूर्ण रुपमा ध्वास्त भएको छ । हेर्नुहास् तस्बीरमा 

दुर्घटनाको पुरा समाचारका लागि यो लिङ्कमा क्लीक गर्नुहोला ।

३ नम्बर पुलमा बस र ट्रक ठोक्किँदा हेटौंडाका थापा सहित ३ जनाको मृत्यु, २७ जना घाइते, ७ को अवस्था गम्भीर