प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फेसबुकमा विशाल भण्डारीसँग मेयर बालेनको जुहारी

२०७९ माघ ७, शनिबार ०६:१७ बजे

काठमाडौं – फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन र कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीबीच जुहारी चलेको छ । भण्डारीले मेयर साहलाई मेन्सन गर्दै रक्षक नै भक्षक भएको भन्दै प्रश्नहरु सेयर गर्छन् ।

निर्देशक भण्डारीको प्रश्नलाई मेयर बालेनले उल्टै निर्देशक भण्डारीमाथि टिप्पणी गरेका गर्छन् । ‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन’ उनले लेखेका छन् ।

उनीहरुको फेसबुक जुहारी त्यतिमै सिमित हुँदैन । निर्देशक भण्डारीले  ‘मैले प्रश्न सोधेको, माफ पाउ श्री ८ बालेन शाह, भत्काउनु बाहेक के बनाउनुभयो ? प्रश्न गर्छन् ।

 ‘प्रश्न सोध्न पाइन्छ भाई, काम गरिरहेको मन्छेलाई रातिराति दारु खाएर दुःख दिन पाईदैन, तिम्रो गाउँको मेयरले के गर्दै छ थाहा छ ?’ भनेर  मेयर बालेन उल्ट प्रश्न गर्छन् ।