जनकपुरधाम – धनुषाको जनपुरधाम उपमहानगरपालिका–२५ केउटानी सडकको खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोहन मुखिया रहेका छन् ।
घर वरपर खेलिरहेका रोहन कतै नदेखिएपछि परिवारले खोजी गर्दा मंगालमा डुबेको अवस्थामा भेटिएका थिए।उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको थियो।
केउटानी टोलमा दुई वर्षअघि नै सडक ढलान गरिएको थियो। सडक ढलान गरिएपनि मंगाल दुई वर्षदेखि नै ह्वाङ्गै छ। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।