प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सशस्त्र प्रहरीका डिएसपी बस्याल अवस्थामा मृत फेला

२०८० फाल्गुन २१, सोमबार १८:२५ बजे

काठमाडौं – मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आत्महत्या गरेका छन्।

मोरङको सोराभागस्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत् डिएसपी उपेन्द्र बस्यालले सोमबार आत्महत्या गरेका हुन्।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बस्याल गुल्मको निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।

‘हामीलाई जानकारी भर्खरै आएको हो, घटनास्थलमा टोली गएको छ,’ दाहालले भने। घटनाको विस्तृत विवरण आउन बाँकी छ।