प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आमा र दुई छोराछोरी आफ्नै घरको कोठामा मृत फेला

२०८१ कार्तिक २९, बिहीबार १९:५५ बजे

काठमाडौं - गोकर्णेश्वर नगरपालिका–३, कुमारी गाम्छामा एक आमा र उनका दुई छोराछोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार ३३ वर्षीया सीता दंगाल, उनकी १५ वर्षीया छोरी अंशु मोक्तान र २ महिनाका छोरा आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका हुन्।

घटना सार्वजनिक भएपछि स्थानीय तथा प्रहरी वृत्तमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ र शवहरूलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

प्रहरीको भनाइअनुसार, सीता दंगालका श्रीमान् ४९ वर्षीय कान्छा नगरकोटीले गत कात्तिक १६ गते श्रीमती र छोराछोरी हराएको भन्दै बौद्ध प्रहरी कार्यालयमा निवेदन दिएका थिए। निवेदनका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो र त्यसपछि उनीहरू आफ्नै निवासमा मृत अवस्थामा फेला परे।

घटनाको कारण अझै अज्ञात रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।