प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चक्कु प्रहार गरी श्रीमतीको हत्या, श्रीमान प्रहरीको नियन्त्रणमा

२०८० श्रावण २०, शनिबार ११:२९ बजे

कञ्चनपुर – कञ्चनपुरमा एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार शुक्रबार राति दोधारा चाँदनी नगरपालिका-७ मा श्रीमानले श्रीमतीको हत्या गरेका हुन्।

३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीमाथि चक्कु प्रहार गरी हत्या गरेका हुन्। घटना पछि प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ।

‘प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ’, प्रहरी निरीक्षक साउँदले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।