प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१ लाख ५० हजार रुपैयाँ घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

२०८० आश्विन १२, शुक्रबार १७:५५ बजे

काठमाडौँ – भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका दुई कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई पक्राउ गरेको हो ।

जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

शुक्रबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।