काठमाडौं – नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बीमा योजनाअन्तर्गत अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।
कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बीमा योजनाअन्तर्गत रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको हो ।
यसअघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो ।
विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको हो ।
शिक्षकहरूले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टाक्ष्ममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुनेहुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ ।गोरखापत्र दैनिकबाट