प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

भालुको आक्रमणबाट एक जना घाइते

२०८० जेठ ४, बिहीबार ०६:२२ बजे

तनहुँ – तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्।

आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले बताए। घाइते विकको स्थानीयले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो।

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।