हेटौंडा – अविरल बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा हेटौंडा–काठमाण्डौं जोड्ने छोटो दुरीका दुई मार्ग अबरुद्ध भएको छ ।
ईन्द्रसरोवर गाउँपालिका वडा नं.३ रामचन्द्र भञ्याङस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा अविरल वर्षाको कारण माथिबाट पहिरो खस्दा बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै ईन्द्रसरोवर गाउँपालिका वडा नं.२ स्थित सिमखोलामा पानीको बहाव बढ्दा भिमफेदी कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ ।
प्रहरीका अनुसार स्थानीयवासी, प्रहरी र सडक विभागको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ । बकैया–१२ घट्टेपाखामा खसेको पहिरो अटाउन सक्दा कान्तिलोकपथ सडक बिहीबारदेखि सञ्चालनमा आउन सकेको छैन ।
बर्षादको कारण पहिरो आज पनि यथावत नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो पन्छाउन सक्दा यात्रुहरु बाटोमै रोकिएका छन् भने सुरक्षित तवरले बैकल्पिक बाटोबाट यात्रा गर्न अनुरोध समेत गरेको छ । प्रहरीका अनुसार पहिरो हटाउने प्रयास भइरहेको छ ।
भिमफेदीको बागझेरामा समेत पानीको बहाव बढ्दा भैसे–हेटौंडा खण्ड अवरुद्ध भएको थियो । त्यहाँ पानीको बहाव घटेसंगै यातायात्र सञ्चालनमा आएको बताएको छ ।