प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भक्तपुरमा बसमा आगजनी

२०८० भाद्र १४, बिहीबार ०७:०९ बजे

काठमाडौँ – भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी भएको छ । बिहीबार बिहान ३ बजेतिर पार्किङ गरेर राखिएको बा.४ ख ६६६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले बताए ।

कमलबिनायक हुँदै रत्नपार्क चलने ख्वप प्रालिको बसमा आगजानी गर्नेहरु विरुद्ध अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए । प्रहरीले दमकलको सहयोगमा बसमा लागेको आगो निभाएको थियो ।