प्रहर खबर
 २०८१ बैशाख १८, मंगलबार    

हेटौंडाको मानव सेवा आश्रममा आश्रित दुई युवतीको मृत्यु

२०८० पौष १२, बिहीबार ०८:४७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा–९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रितमा दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ बर्षीय पुजा मानव र २५ बर्षीय अमिता विश्वकर्माको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसा मावनलाई बाग्लुङको सडकबाट र विश्वकर्मालाई मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेको सडकबाट उद्धार गरी आश्रमका ल्याईएको थियो । उनीहरुको मृत्युको बास्तबिक कारण खुलाईएको छैन ।

प्रहरीका अनुसार मानवको पुस ९ गते र विश्वकर्माको पुस १२ गते मृत्यु भएको हो । कालगतिले मृत्यु भएको आश्रमबाट सुचना आएको प्रहरीले जनाएको छ ।