प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा–काठमाडौं जोड्ने तीन वटा सडकमा खसेको पहिरो हटाईयो

२०८० श्रावण २३, मंगलबार १०:४१ बजे

हेटौंडा – अवरुद्ध बागमती प्रदेशको सदरमुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि हेटौँडा–भिमफेदी–कुलेखानी–काठमाडौं, कान्तिलोकपथ र हेटौंडा–मुग्लिन–काठमाडौं सडक सञ्चालनमा आएको हो ।

गएराति हेटौँडा–भिमफेदी–कुलेखानी–काठमाडौं अन्तर्गत मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.२ ज्यालटार, कानितलोकपथको बकैया गाउँपालिका वडा नं.११ लामराङमा र मुग्लिन–नारायणगढ खण्डको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजनका अनुसार डोजर प्रयोग गरेर पहिरो पन्छाइएसँगै सडक खुलाइएको हो । पहिरो पन्छ्याएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।