प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

२०७९ कार्तिक ३, बिहीबार १०:४१ बजे

काठमाडौं – नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । नेपालले निर्वाचन प्रभावित पार्ने गरि निर्वाचन कसुर गरेको आरोप लगाउँदै आयोगले बिहीबार अध्यक्ष नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो । नेता नेपालले रौतहटमा मतदातालाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभन देखाउँदै भोट मागेका थिए ।

नेपालले सार्वजनिक रुपमै फ्रि भिसा फ्रि टिकटको प्रलोभन देखाएको भिडियोसमेत आयोगलाई प्राप्त भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।