प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नारायणी किनारमा नवजात शिशु मृत फेला

२०८० मंसिर २९, शुक्रबार ०८:३७ बजे

हेटौंडा – भरतपुर महानगरपालिका वडा नं. १६ भगेरीथान नजिकै नारायणी नदिको किनारमा नवजात शिशु मृत अबस्थामा फेला परेको छ ।

नारायणी नदिले बगाएर ल्याएको जस्तो देखिने अन्दाजी ६ महिने नवजात शिशु (छोरा) नदिको किनारमा मृत अबस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।