प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रधानसम्पादक आचार्य र दुलालको संयुक्त लेखले पायो तेस्रो स्थान

२०७९ आश्विन २, आईतबार १३:५६ बजे

हेटौंडा – खुला लेख प्रतियोगितामा प्रहर खबर डटकमका प्रधानसम्पादक भानुभक्त आचार्य र पत्रकार गणेश दुलाल तृतीया भएका छन् । संविधान दिवस २०७९ को अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा आयोजित खुल्ला लेख प्रतियोगितामा आचार्य र दुलालको संयुक्त लेखले तेस्रो स्थान हासिल गरेको हो ।

संविधान २०७२ कार्यान्वयनमा प्रदेशको योगदान विषयमा भएको प्रतियोगितामा काभ्रेली स्वतन्त्र पत्रकार डा. अश्वस्थामा भक्त खरेल प्रथम भएका छन् ।
त्यस्तै हेटौंडाका निर्मल कुमार पौडेल दोस्रो भए ।

प्रतियोगितामा विजेता प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने सञ्चार रजिष्ट्रारले जनाएको छ । प्रदेश सरकारले भोली दिवसको विभिन्न कार्यक्रम गर्नेछ भने ४ गते समापन कार्यक्रममा पुरस्कारहरु प्रदान गर्नेछ ।

प्रहर खबर डटकमका प्रधानसम्पादक भानुभक्त आचार्य र पत्रकार गणेश दुलालद्वारा लिखित लेख पढ्नु यहाँ क्लीक गर्नुहोस् ।