हेटौँडा – बागमती प्रदेश सरकार अन्तर्गतको सबै भन्दाबढी बजेट रहेको कार्यालयमध्येको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाको खर्च सन्तोषजनक देखिएको छैन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको निर्देशनालयका लागि गत आर्थिक वर्ष २०७८/७९ मा सडक, पुललगायतका संर चना निर्माण गर्न १२ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन भएको मा ६१ प्रतिशत मात्र खर्च भएको पाइएको छ ।
निर्देशनालय र निर्देशनालय मातहतका पूर्वाधार विकास कार्यालय र प्रादेशिक सडक डिभिजन कार्यालयमार्फत बजेट खर्च गर्नेगरी गतआवमा १२ अर्ब १२ करोड नौ लाख ६६ हजार रुपियाँ प्रदेश सरकारले विनियोजन गरेकोमा विनियोजन भएको बजेटको ६१.२८ प्रतिशत अर्थात् सात अर्ब ४२ करोड ७१ लाख ७८ हजार २९७ रुपियाँ मात्र खर्च भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयमार्फत खर्च गर्नेगरी प्रादेशिकतर्फ प्रादेशिक सडक, पुल, झोलुङ्गे पुल, सडक मर्मतसम्भार,सुरक्षा, अन्य पूर्वाधार, प्रादेशिक लोकमार्ग र यातायात पूर्वाधार निर्देशनालयका लागि ४५ करोड १३ लाख ५० हजार रुपियाँ विनियोजन गरेकोमा ९१.४८ प्रतिशत अर्थात् ४१ करोड २८ लाख ९८ हजार ७३५ रुपियाँ खर्च भएको छ । यस्तै ससर्ततर्फ सम्भावित प्रादेशिक सडक र झोलुङ्गे पुलक्षेत्रगत कार्यक्रमका लागि आठ करोड १५ लाख रुपियाँ विनियोजन भएकोमा छ करोड ७५ लाख २७ हजार अर्थात् ८२. ८६ प्रतिशत खर्च भएको छ । गोरखापत्रबाट