प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कोरोनाका कारण एक जनाको मृत्यु

२०७९ कार्तिक ७, सोमबार १२:३० बजे

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२१ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५०० र एन्टिजेनबाट ४२१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार थप ४३ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६९२ पुगेको छ।